शुक्रबार सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थीर

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १७० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार सुनको मूल्य बढेपनि चाँदी स्थीर बनेको छ ।

बिहीबार छापावाला सुन तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुन ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।