
हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को सर्वसाधारणतर्फको लिलामी शेयरको प्रारम्भिक कट अफ मूल्य २२५ निर्धारण भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार बिहान ८ बजेदेखि खुला गरिएको ४ हजार ८०० वटा बोलपत्रबाट परेको आवेदनका आधारमा २२५ रुपैयाँ कायम भएको हो । यद्यपी आवेदन भेरिफाइ (रुजु) को क्रम जारी रहेकाले अन्तिम कटअफ मूल्यमा भने उल्लेखितभन्दा केही हेरफेर हुनसक्ने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
एचआईडिसीएलले असोज ७ गतेदेखि असोज १४ गतेसम्म संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको थियो ।
कम्पनीले गत साउन ४ गतेदेखि १ः१ को अनुपातमा शतप्रतिशत (११ करोड कित्ता ) हकप्रद बिक्री खुला गरेको थियो स सोही बखतको बिक्रीमा आएको अवितरित हकप्रद शेयर हाल लिलाम बढाबढ मार्फत बिक्री गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया