शिवम् सिमेन्टको २९ प्रतिशत लाभांश प्रस्ताव, कार्तिक १६ गते सभा आह्वान

0
Shares

शिवम सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
असोज २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले कर सहित १ अर्ब २७ करोड ६० लाख रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको सोही बैठकले कार्तिक १६ गते, मंगलबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौंमा बिहान ११ बजे छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभामा कम्पनीले आफ्नो उदेश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तयारी गरेको छ ।

यसैगरी कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

यस्तै सभाले चालु आर्थिक वर्ष २०७८।०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित गर्नेछ ।

सभामा कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसँग गरेको कारोबार छलफल गरी पारित गरिनेछ साधारण सभाको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।