महिला लघुवित्तको बम्पर लाभांश घोषणा, ४५% बोनस दिँदा नगद कति ?

0
Shares

महिला लघुवित्त वित्तीय संस्था (MLBSL) ले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्त कम्पनी शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ सम्मको नाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले चुक्ता पूँजी दश करोड रुपेयाँको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल पाँच करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त कम्पनीको सञ्चाल समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

लघुवित्तले शेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गरेको हो । चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।