
सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै सवा १ करोड रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ । शनिबार एकैदिन १ करोड २६ लाख रुपैयाँ बराबरको खसबिोका बिक्री गरेको भएको हो ।
कम्पनीले शनिबार मात्र उक्त रकम बराबरको ६२९ वटा खसीबोका बिक्री गरेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले नोटबजारलाई बताइन् । त्यसैगरी आज अर्थात आइतबार बिहान १० बजेसम्म २४ लाख रुपैयाँ बराबरको १५० वटा खसीबोका बिक्री भएका छन् ।
दशैंका लागि २ हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित थापाथलीस्थित आफ्नै कार्यालयबाट शनिबारदेखि सुपथ मूल्यमा खसीबोकाको बिक्री थालको छ । कम्पनीले पहिलो चरणमा शुक्रबारसम्म ७३० र शनिबार थप ३२९ ओटा खसीबोका भित्र्याएको छ ।
दशैंका लागि २ हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित थापाथलीस्थित आफ्नै कार्यालयबाट शनिबारदेखि सुपथ मूल्यमा खसीबोकाको बिक्री थालको छ ।
कोरोना महामारी संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले खसीबोका किन्न आउने उपभोक्तालाई टोकन प्रणालीमार्फत व्यवस्थापन गरेको छ । शनिवार कम्पनीले विक्री गरेका खसीबोका किन्न थापाथलीस्थित विक्री कक्षमा उपभोक्ताको बाक्लो भीड लागेको थियो।
गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजीमा ९० रुपैयाँसम्म बढेको छ । यस वर्षका लागि खाद्यले जिउँदो खसीको मूल्य प्रतिकेजी ६५० रुपैयाँ मूल्य तोकेको छ भने सो मूल्यमा दश रुपैयाँ छुट दिएर उपभोक्तालाई थापाथलीस्थित गोदामबाट बिक्री गरिरहेको छ ।
खाद्यले गत वर्ष जिउँदो खसीबोकाको मासु प्रतितोलो ५६० रुपैयाँ तोकेको थियो । यसअनुसार प्रतिकिलो दश रुपैयाँ सहुलियत दिएर ५५० रुपैयाँमा बिक्री गरेको थियो ।
कम्पनीले काठमाडौंमा बिक्री वितरणका लागि राखेको खसीबोका दाङ र हेटौंडाबाट ल्याएको हो । दाङ र हेटौंडामा नै गत वर्षभन्दा खसीबोको खरिद मूल्य बढेकाले यो वर्ष महँगो परेको कम्पनीले जनाएको छ ।
भाउ बढेको भन्दै यो वर्ष खाद्यले च्याङ्ग्रा भने बिक्री गरेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया