अप्पर स्यांगे हाइड्रोपावरले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने

0
Shares

अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आज (असोज २४ गते) को साधारण सभा मार्फत सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ ।

कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजेबाट कम्पनीको वार्षिक साधारण सभा सुरु भएको छ ।  सभाले कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गर्दैछ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव, वित्तीय विवरण लगायतका प्रस्ताव पनि सभामा छ भने आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर पनि सभाले निर्र्णय गर्ने कार्यतालिका छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।