
सोल्टी होटल (SHL) ले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २८ गते, मंगलबार, भर्चुअल माध्यमबाट आफ्नै रजिष्टर्ड कार्यालयमा ४७ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको असोज २२ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ४७ औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
कम्पनीले आव २०७७/७८ बाट शेयरधनीहरुलाई भने कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । कोभिड संक्रमणका कारण होटलमा आउने पर्यटकको संख्यामा कमी आएसँगै कम्पनीले गत आवमा १८ करोड ६० लाख नोक्सानी ब्यहोरेको छ । होटल नोक्सानीमा रहेसँगै गत आवबाट शेयरधनीहरूले लाभांश नपाउने भएका हुन् । हाल होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर ६ गते देखि मङ्सिर २८ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार मङ्सिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया