नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्।
यी दुबै लघुवित्त एक आपसमा गाभिएपश्चात सो दिनदेखि विन नेपाल लघुवित्त वित्तीय संस्थाको नाफाबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।
मर्जरपश्चात बनेको लघुवित्तको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहनेछ। यी दुबै लघुवित्तको मर्जरका लागि नेपाल राष्ट्र बैंकले भदौ १५ गते स्वीकृती दिएको थियो। .jpg)
डाटा माइग्रेशन प्रयोजनार्थ यी दुबै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ्ग कारोबार कात्तिक १४ गते बन्द रहने लघुवित्तले जनाएको छ।
मर्जर सम्झौता पश्चात नेपाल स्टक एक्सचेञ्जले नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। मर्जर प्रकृया सम्पन्न भएपछि लघुवित्तको शेयर कारोबार खुल्नेछ।
२०७७ साल मंसिर ३० गते नेपाल सेवा र विन लघुवित्तले मर्जर सम्झौता गरेका थिए । नेपाल सेवाको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुवित्त मर्जरमा गएका हुन् ।
गत जेठ तेस्रो साता साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरी दुई संस्था अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए ।
हाल नेपाल सेवाको चुक्ता पूँजी ६ करोड १५ लाख तथा विन लघुवित्तको २ करोड १० लाख रुपैंया छ । नेपाल सेवाको ७५ बराबर विनको १०० कित्ता अनुपातमा मर्जर पछि बन्ने लघुवित्तको चुक्ता पूँजी ७ करोड ७० लाख रुपैंया हाराहारी पुग्नेछ।
नेपाल सेवा लघुवित्तले सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको छ भने विन लघुवित्तले निष्काशन गरेको छैन । जसका कारण मर्जर पछि बन्ने विन नेपाल लघुवित्तमा संस्थापक शेयरको हिस्सा बढ्न जानेछ । उक्त अनुपात मिलाउनका लागि लघुवित्तले सर्वसाधारणमा थप नयाँ शेयर (एफपीओ) निष्काशन गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया