विद्युतीय भुक्तानी बढ्दो: दशैंमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढिको कारोबार, ३१७% वृद्धी

0
Shares

विद्युतीय भुक्तानी प्रयोगको वृद्धीसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य वृद्धी भएको छ ।

घटस्थापना (आश्विन २१) देखि एकादशी (आश्विन ३०) सम्ममा उक्त प्रणाली मार्फत ९.२० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७% ले वृद्धी भएको हो ।

दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक वित्तिय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपल्ट लिन्क गर्नुपर्ने हुन्छ भने मोबाईल बैंकिङ्ग मार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।

साथै चाडपर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।