नेपाल इन्भेष्टमेन्ट बैंक (
NIB) को लाभांश संसोधन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।
संसोधित लाभांश अनुसार अब लगानीकर्ताले यसअघि प्रस्ताव गरिएभन्दा १.३७ प्रतिशत बोनस लाभांश बढेको छ भने नगद लाभांश सोही अनुुपातमा घटेको छ ।
बैंकको कार्तिक २ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशनपछि १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ता गरेको छ ।
सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
बैंकले यसअघि ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद लाभांश सहित कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया