प्रि-ओपनिङ्गमा दोहोरो अंकले बढ्यो नेप्से

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर वृद्धिमा अघिल्लो महिनाभन्दा १० प्रतिशतभन्दा बढी बढाउन नपाउनेगरी मंगलबार साँझ परिपत्र गरेपछि भोलिपल्टको प्रि-ओपनिङ्ग सेसनमा नै त्यसको सकारात्मक असर देखिएको छ ।

बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेर २५२२.२० विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४७४.०२ विन्दुमा पुगेको छ । यस अवधिमा ६५ लाख २८ हजार ७७७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका २५ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपनिङ्ग सेसन कुल २९ कम्पनीको शेयर कारोबार भयो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।