फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले नामजस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको सबैभन्दा पहिला अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा ०.२३ प्रतिशत अर्थात ६८ हजार रुपैयाँले घटेको छ ।
चालु आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेर सम्भावित कर्जा नोक्सानी जोखिम बापतको व्यवस्था रकम बढ्दा लघुवित्तको खुद नाफा प्रभावित भएको हो ।
लघुवित्तले तीन महिना अवधिमा ४ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आवको यसै अवधिमा ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद ब्याज गर्दा ४९ लाख ४० हजार नोक्सानी व्यवस्था गरेको थियो ।
यस्तै लघुवित्तको कोषको लागत बढ्दा ब्याज खर्च ८० प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी घटेको अवस्था छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष २२.६१ प्रतिशत, सापटी ६२.५३ प्रतिशत, र कर्जा लगानी ५४.८२ प्रतिशतले वृद्धि भएको छ । खुद ब्याज आम्दानी ९.१७ प्रतिशतले घटेको लघुवित्तले न्य सञ्चालन आम्दानी २८० र सम्भावित कर्जा नोक्सानी ब्यवस्था वापतको रकम २०८ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १२.३० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.११ रुपैयाँ, कोषको लागत ७.४८ प्रतिशत, आधार ब्याजदर १०.२८ प्रतिशत र मूल्य आम्दानी अनुपात ७३.६० गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया