सानिमा, माछापुच्छ्रे र सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

0
Shares

सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पाउन लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र शेयर खरीद गरी शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक ५ गते शुक्रबार तथा सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी मिति तोकेका छन् ।

यसअनुसार बुकक्लोेजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउने भएकाले बिहीबारसम्म शेयर खरीद गर्नेले मात्र लाभांश पाउने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसअघि नै शेयरधनीरहेका लगानीकर्ताले भने स्वत: लाभांश पाउन हकदार हुनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश, सानिमा बैंक (SANIMA) ले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश र माछापुच्छ्रे बैंक (MBL) ले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण गर्ने तथा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका अन्य प्रस्तावहरु पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सत्रौँ वार्षिक साधारण सभा, सानिमा बैंकले कात्तिक १४ गते आइतबार,आम्रापाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा र माछापुच्छ्रे बैंकले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा तेइसौँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।