
ईङवा हाइड्रोपावर लिमिटेडले १९ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरका १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको हो ।
ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया