साढे २ लाख नगद सहित ३४ जना जुवाडे प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले साढे २ लाख नगद सहित ३४ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले सुर्खेत, ललितपुर, डडेल्धुरा लगायतका जिल्लाहरुबाट उक्त रकम र जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित टहरोमाबाट ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मोरङ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

साथै डडेल्धुरा, अमरगढी नगरपालिका–५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।