बैंकिङ कसुर मुद्धामा फरार अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुर सूर्यविनायक–८ बस्ने महोत्तरीका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई काठमाडौं कमलपोखरीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
सिंहले आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया