माछापुच्छ्रे र सानिमा बैंकको शेयरमूल्य समायोजन

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

लाभांश वितरण र साधारण सभाका लागि आइतबार भएसँगै नेप्सेले २ बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनसपछि प्रतिकित्ता ३२२ रूपैयाँ ०७ पैसा तथा सानिमा बैंकको १७ प्रतिशत बोनसपछि प्रतिकित्ता ४१७ रूपैयाँ ७८ पैसा समायोजित मूल्य निर्धारण गरेको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार माछापुच्छ्रे बैंकको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसा र सानिमा बैंकको ४८८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  ०८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।