गुराँस लघुवित्तको लाभांश खाने कि शेयर बेच्ने, निर्णयको अन्तिम मौका आज

0
Shares

गुराँस लघुवित्त (GLBSL) को लाभांश खाने कि शेयर बिक्री गर्ने अन्तिम फैसला गर्ने दिन आइतबार रहेको छ ।

लघुवित्तले कार्तिक २२ गते बोलाएको साधारण सभा तथा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गते सोमबार शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ ।

यसअनुसार कात्तिक ७ गते, आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी दर्ता पुस्तिकामा लगतमा कायम हुने लगानीकर्ताले मात्रै लाभांश पाउनेछन् । प्रस्तावित लाभांश नखाने लगानीकर्ताले आइतबार शेयर बिक्री गर्न सक्नेछन् भने लाभांश पाउन आइतबारसम्म शेयरधनी भैसक्नुपर्छ । सोमबार मूल्य समायोजनपछि शेयर खरीद गर्नेले लाभांश पाउँदैनन् भने बिक्री गर्नेले भने शेयर बिक्री गरेपनि बोनस पाउनेछन् ।

गुराँस लघुवित्तले लाभांश पारित गर्न कार्तिक २२ गते सोमबार दिनको ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले आव २०७७/७८ बाट लगानीकर्तालाई १६.९०६४ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साधारण सभाबाट अनुमोदन गर्ने कार्यसूची छ ।

यस्तै सभाले लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक निर्वाचन मार्फत छनौट गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।