सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश अनुमोदन

0
Shares


सिबिआईएल क्यापिटल लिमिटेडको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारण सभा चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको साधारण सभाले आव २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।