
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्नो यूवा तथा महिला सम्बन्धि रणनिति सार्वजनिक गरेको छ ।
नेपालमा बिगत १२ वर्ष देखि मोटर/मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कार्यरत यस संघले लामो छलफल र अध्ययन पश्चात यस रणनीति सार्वजनिक गरेको हो ।
एपÞmाईएको यूवा नितिलाई आधार मानेर तयार गरिएको नासा नेपालको यूवा नीतिमा मुलत यूवा क्लब तथा ग्रुप निर्माण गर्ने, कार्यक्रमहरुमा २० प्रतिशत यूवाको ग्यारेन्टी, यूवाका एजेन्डालाई योजना र कार्यक्रममा समावेस गर्ने, उमेर समुहमा आधारित कार्यक्रम संचालन गर्ने, संगठनका कमिटीमा यूवाको सकृय सहभागिता र स्कुल र कलेज आधारित कार्यक्रमहरु, शिप सम्बन्धि तालिम र शिक्षा, बालिका र विशेष क्षेत्र आधारित कार्ययोजना रहेका छन् ।
नेपालकै खेल संघ र अटोमोवाइल्स संघसंस्था मध्ये नासा नेपाल सम्भवत यूवा नीति सार्वजनिक गर्नेमा पहिलो भएको दाबी उसको छ । नीित संगै संघले ५ सदसीय यूवा टिम समेत तयार गरेको अध्यक्ष दशरथ रिसालले जानकारी दिए ।
खेलकुद देखि पर्यटनसम्म सडक सुरक्षा देखि मोटरसाइक्लिस्टको रक्षा समेतमा क्रियाशील नासा नेपालको यस कार्यले यूवालाई नेतृत्व तहमा स्थापित गर्ने कार्यमा मद्धत पुग्ने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया