डिस होम फाइबरनेट ४० एमबिपिएस इनटरनेट जडानमा आईपीटिभी सित्तैमा

0
Shares

डिसहोम फाइबरनेटले ४० एमविपिएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेट मा फाईदाको आईपीटिभी” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिसहोम फाइबरनेट को ४० एमबिपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटिभी सित्तैमा पाउनेछन् ।

डिसहोम फाइबरनेटको ४० एमविपिएसको एकवर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटिभीको वार्षिक सस्क्रिब्सनका साथै आवश्यक राउटर, सेटअप बक्स, ड्रप वायर र जडान सेवा सबै निशुल्क पाउनेछन् ।

साथै डिसहोम फाइबरनेट ले यस अघि नै १०० एमविपिएस को इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।