
नेपाली बजारमा कार्तिक लागेयता मात्रै सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढिसकेको छ । असोज ३१ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ कार्तिक ८ गते सोमबार आइपुग्दा तोलाको ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
यस्तै ९० हजार १५० रुपैयाँको तेजावी सुनेको भाउ सोमबारसम्ममा बढेर तोलाको १ हजार ७५० रुपैयाँले बढेर ९१ हजार ९०० रुपैयाँ पुगेको हो । यस अवधिमा चाँदीको भाउ तोलामा ८५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । असोज ३१ गते एक तोला चाँदीको भाउ १ हजार १८० रुपैयाँ थियो ।
कार्तिक ८ गते सोमबार अघिल्लो दिन आइतबारको तुलनामा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनकको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २६५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँ दी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया