
सुनको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार मंगलबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २६५ रुपैयाँ कायम गरीएको छ । मंगलबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको छ ।
सोमबार छापावाला सुन तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी सुन ९१ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा कार्तिक लागेयता मात्रै सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढिसकेको छ । असोज ३१ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ कार्तिक ९ गते मंगलबार आइपुग्दा तोलाको ९२ हजार ६०० रुपैयाँ पुगेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया