एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारितका गर्नका लागि आगामी मंसिर ५ गते साधारण सभा बोलाएको छ ।

लघुवित्तले सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने जानकारी गराएको हो । सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि लघुवित्त कम्पनीले कात्तिक २३ गते मंगलबार एकदिन शेयरधनीदर्ता पुस्तिका (बुकक्लोज) बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात कात्तिक २२ गते सोमबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।