अठारौं हस्तकला मेला मंसिर ३ गतेदेखि आयोजना हुने, मौलिक पहिचान उजागरमा जोड

0
Shares

नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ गते देखी ५ गतेसम्म १८ औँ हस्तकला ब्यापार मेला तथा १६ औँ कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाण्डौंको बौद्धमा रहेको होटल हायात रिजेन्सीमा तीन दिनसम्म मेला आयोजना हुने भएको हो । उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुहरुको करिब १२० वटा स्टल रहनेछन् ।

मेलाको प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्र्तगत नेच्यूफाइवर (प्रकृतिक रेसा) र फिलगिरी गरी २ वटा विधिमा प्रतियोगता गराइनेछ । हस्तकला वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई पनि सम्मानको कार्यक्रम रहेको छ ।

महासंघका अनुसार उक्त मेलामा ७ प्रदेशमा भएका मौलिक पहिचानलाई उजागर गरिनेछ । साथै महासंघका तर्फबाट ढुवानी निःशूल्क गरिने जनाइएको छ । मेलामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

महासंघका उपाध्यक्ष रविन्द्र शाक्यका अनुसार कोरोना माहामारीका कारण शिथिल बनेको हस्तकला क्षेत्र पुनः चलायमान बनाउन, नेपाली सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मोला आयोजना गर्न लागिएको हो । मेलाले नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यवसायीक सम्बन्ध विकास गर्ने पनि उनले बताए ।

उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउबाबाट हुने महासंघले जनाएको छ । मेलामा १० जना ७० वर्ष नाघेका वृद्ध कलाकारहरुलाई नेवारी संस्कार अनुसार सगुन, ताम्रपत्र सहितको दोसल्ला ओडाएर सम्मान समेत गरिनेछ ।

महासंघका उपाध्यक्ष रविन्द्र शाक्यका अनुसार एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुनेछ । मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारण अनुरुप वस्तुहरुको प्रदर्शन, पराम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, अर्मूत सास्कृतिक सम्पदा आईसिएचको उजागर, क्राफ्ट कम्पिटिसन हुनेछ ।

होटल हायातमा ९० लाख लागतमा सञ्चालन गर्न लागिएको मेलामा न्यूनतम १ लाख जनाले अनुगमन गर्ने विश्वास लिइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।