सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) को ९१ लाख ४८ हजार ८२२ दशमलव ०२ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ९१ लाख ४८ हजार ८२२ दशमलव ०२ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम शुक्रबार नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति पश्चात फाइनान्स तर्फको शेयर बैंकको नाममा सूचीकृत गरेको हो । बैंकले फाइनान्सलाई १ः०.९५ को अनुपातमा प्राप्ति गरेको थियो ।
सिर्जना फाइनान्सलाई सिटिजन्स बैंक इन्टरनेशनलले प्राप्ति गरेर गत असार २६ गतेबाट एकीकृत कारोबार थालेको थियो । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी २०७८ असार २६ गते शनिबारदेखि बैंकले एकीकृत कारोबार सुरु गरेको थियो । दुवै संस्थाले २०७८ माघ २८ गते मर्जर प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया