गरिमा विकास बैंकले एक्वायर गरेको सहारा विकास बैंक कात्तिक २८ गतेदेखि गरिमामा विलिन हुने भएको छ । 
सहारालाई एक्वायर गरेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो।
गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गराएका थिए भने नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते एक्विजिशनका लागि अन्तिम स्वीकृति दिएका थिए ।
गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो। गरिमा राष्ट्रियस्तरको विकास बैंक हो। सहारा सर्लाहीमा मात्र रहेको एक जिल्ले विकास बैंक हो।
प्राप्तिपश्चात बैंकको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ। बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया