छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब शुभारम्भ

0
Shares

काठमाडौंको छत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक प्याथोलोजी ल्याब शुभारम्भ गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न गरेको छ।

कात्तिक १३ गते शनिबार छत्रपाटी निःशुल्क चिकित्सालयको प्राङ्गणमा नै उक्त कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका स्थानीय बासिन्दा र आसपासका सर्वसाधारणले सहज रुपमा उक्त प्याथोलोजी ल्याबबाट सेवा सुविधा पाउने भएका छन् ।

उक्त प्याथोलोजि ल्याबको समुद्घाटन प्रमुख अतिथिका रुपमा रहेका बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरले गरेका हुन् । सांसद मानन्धरको पहलमा वागमती प्रदेशको पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७।०७८ अन्तर्गत प्राप्त अनुदान ५० लाख रुपैयाँबाट उक्त ल्याबको निर्माण भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मानन्धरले राम्रो कामको प्रारम्भ गर्न पाएकोमा खुशि व्यक्त गरेका छन् । सांसद मानन्धरले वागमती प्रदेश सभाको सदस्यको रुपमा निर्वाचित भएको प्रारम्भिके समयदेखि नै चिकित्सालयको स्तरोन्नती गर्नमा लागिपरेको बताउँदै भने “प्रदेश पूर्वाधार अन्तर्गत छत्रपाटी निःशुल्क चिकित्सालयमा गर्न सकिने कामहरु के–के हुन सक्छन् भन्ने सन्दर्भमा ल्याबको कुरा र पुर्ननिर्माणको कुरा उठ्यो र हामीले कति बजेट लाग्छ भन्ने कुराको सोच बनाएका थियौं र त्यसलाई प्राथमिकताको रुपमा अघिल्लो आर्थिक वर्षको बजेटबाट ५० लाख रुपैयाँ बिनियोजन ग¥यौं ।” साथै सांसद मानन्धरले पारदर्शि ढंगबाट काम सम्पन्न गरेको र सरकारका बजेटलाई परिचालन गर्ने क्रममा उपयुक्त ठाउँमा सदुपयोग गरी त्यो कार्यक्रमलाई अघि मात्र बढाएको कुरा व्यक्त गरे ।

उक्त कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले सांसद मानन्धरलाई धन्यवाद प्रकट गर्दै उक्त प्याथोलोजी ल्याबको निर्माण गर्नमा विशेष भूमिका निर्वाह गर्ने सल्लाहकार मनिराज लवतलाई धन्यवाद प्रकट गरेको छ ।

साथै उक्त ल्याब निर्माणमा सुरुदेखि अन्त्यसम्म सहयोग गर्ने संचालक समिति र प्रशासन तथा अस्पतालका म्यानेजरलाई समेत विशेष धन्यवाद ज्ञापन गर्दै उनले भने, “अब आउने केही समयभित्रै प्याथोलोजी ल्याबको रिर्पोट तपाईहरुको मोबाइलमा हेर्न मिल्ने सुविधा संचालन हुन गइरहेको छ ।”

साथै साही कार्यक्रमलाई समापन गर्दै अध्यक्ष श्रेष्ठले उक्त चिकित्सालयमा कार्यरत डाक्टर तथा नर्सहरुलाई चाहिने सम्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नबिन मानन्धर लगायत संचालक समितिको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।