साहस उर्जा र तेह्रथुम पावर कम्पनीको आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार सुरु भएको छ ।
साहस उर्जाको शेयर एसएएचएएस (SAHAS) र तेह्रथुम पावर कम्पनीको शेयर टिपीसी (TPC) कारोबार संकेतमा कारोबारमा आएको हो ।
आइतबारेका स्पेशल प्रि ओपनिङ्ग सेसनमा साहस उर्जाको प्रतिकित्ता ४०५.३० रुपैयाँ र तेह्रथुम पावरको प्रतिकित्ता २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको हो । दुबै कम्पनीको शेयर नेप्सेले प्रदान गरेको अधिकतम कारोबार रेञ्जमा कारोबार भएको हो ।
नेप्सेले साहस उर्जालाई प्रतिकित्ता न्यूनतम १३५.११ रुपैयाँ देखि ४०५.३३ रुपैयाँ सम्म र तेह्रथुम पावर कम्पनीलाई न्यूनतम ८४.७४ देखि २५४.२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।
यससँगै आजदेखि दुबै कम्पनीको शेयर नियमित कारोबारमा आउनेछ । दोस्रो बजारमा कारोबारका लागि दुबै कम्पनीले गत बिहीबार नेप्सेमा शेयर सूचीकृत गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया