
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २४० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया