आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, कात्तिक ३० गते बुकक्लोज गर्ने

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले मंसिर १० गते आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको कार्तिक १० गते सम्पन्न सञ्चालक समितिको १२१ औं बैठकले मंसिर १० गते रुपन्देहीको बुटवलमा आठौँ वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७।७८ बाट प्रस्ता गरेको चुक्ता पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि लघुवित्तले कात्तिक ३० गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

यसअनुसार कात्तिक २९ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्रै लाभांश पाउन र आठौं वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।