एचआईडिसीएल (HIDCL) ले गत आवको नाफाबाट शेयरधनीलाई विवतरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको कार्तिक १५ गते सोमबार सम्पन्न सञ्चालक समितिको २४८ औं बैठकले ८ प्रतिशत बोनस शेयर र र बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आव २०७६/७७ बाट लाभांश वितरण नगरेको कम्पनीले शेयर लगानीकर्तालाई सो भन्दा अगाडि आव २०७५/७६ बाट १२ प्रतिशत नगद लाभांश तथा आव २०७४/७५ बाट १० प्रतिशत बोनस शेयर र आव २०७२।७३ र आव २०७३/७४ बाट समान ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया