.jpg)
सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर मंगलबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीऋो बाँडफाँडकोनतिजा चार ठाउँबाट हेर्न सकिन्छ ।
एसबिआई मर्चेन्ट बैंकिङका अनुसार सिडिएससीले प्राथमिक शेयरको नजिजा हेर्नको लागि नै बनाएको छुट्टै वेवसाइट, मेरो शेयरको अनलाइन एप्लिकेसन रिपोर्ट, बिक्री प्रबन्धक नोपाल एसबिआई मर्चेन्टको वेवसाइट र प्राथमिक शेयर निष्काशन गर्ने कम्पनी सामलिङ्ग पावर कम्पनीको वेवसाइटमा हेर्न सकिन्छ ।
१.सिडिएससीले प्राथमिक शेयरको नजिजा हेर्नको लागि नै बनाएको छुट्टै वेवसाइट
२.मेरो शेयरको अनलाइन एप्लिकेसन रिपोर्ट
३.बिक्री प्रबन्धक नोपाल एसबिआई मर्चेन्टको वेवसाइट
४.सामलिङ्ग पावर कम्पनीको वेवसाइट
नियम अनुसार चार वटा साइटबाट नतिजा हेर्न सकिने बताइएपनि सर्वसाधारणले भने सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेवसाइट बाहेक अन्य स्थानबाट नतिजा हेर्न पाइरहेका छैन । आईपीओ नतिजा हेर्न आउने भ्यूअरलाइ मध्यनजर गर्दै साइटलाई होस्टिङ नगर्दा अन्य कम्पनीको वेवसाइट ह्याङ हुने गरेका छन् । यसले एकमात्र निविकल्प भनेको सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेवसाइट नै बन्ने गरेको छ । सामलिङ पावरले पनि आफ्नो वेवसाइटमा आईपीओ नतिजा राखेको छैन ।
एसबिआई मर्चेन्ट बैंकिङले तथ्याङ्क पठाएपछि सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेवसाइटबाट नतिजा हेर्न मिल्ने भैसकेको छ । यहाँबाट लगानीकर्ताले कम्पनीको प्राथमिक शेयर परेको नपरेको नतिजा थाहा पाउन सक्छन् ।
बाँडफाँडमा ६७ हजार ८९० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । २० लाख २० हजार ८८८ जना आवेदकको हात खाली भएको छ । उच्च आवेदनका कारण ३ प्रतिशत योग्य आवेदकले मात्र शेयर पाएका छन् भने ९७ प्रतिशत आवेदकको हात खाली भएको छ ।
कम्पनीले कार्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ३० हजार प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले १२ जना कर्मचारीहरुका लागि १४ हजार ६०० कित्ता र म्युचुअल फण्डका लागि ३६ हजार ५०० कित्ता बाँडफाँड गरेको छ ।बाँकी ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया