राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पाठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । उनीसँग राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया