प्रभु बैंकले २ प्रतिशत बोनस बढाएर घोषणा गर्यो लाभांश

0
Shares

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट अघिल्लो वर्षको भन्दा २ प्रतिशत बढी बोनस लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।