शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ३३ लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत असार मसान्तसम्ममा १ करोड ८४ लाख १० हजार नोक्सनी रहेको कम्पनीको पछिल्लो तीन महिनामा नै ८ करोड ४९ लाख रुपैयाँले नोक्सानी बढेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्री मार्फत ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ र १ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेपनि सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च (फाइनान्सियल कस्ट) १२ करोड ९५ लाख र ह्रासकट्टी ९० लाख हुँदा कम्पनीले दश करोड बढी नोक्सानी व्यहोरेको हो ।
चुक्ता पूँजी १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २८.६९ रुपैयाँ ऋणात्मक छ । जगेडा कोष ८ करोड ४९ लाख १९ हजार रुपैयाँ ऋणात्मक रहेको कारण सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४.१० रुपैयाँ मात्र छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया