समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्रीका लागि विद्यमान संस्थापकहरुबाट आवेदन आह्वान गर्दै बुधबार सूचना प्रकाशन गरेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३, गोरखामा आवेदन दिन सक्ने उल्लेख छ ।
शेयर खरीद गर्न इच्छुकले आफुले खरीद गर्न चाहेको चाहेको शेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा विद्यमान संस्थापकहरु शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया