धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बुधवार सार्वजनिक चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५० लाख ८० हजार खराब कर्जा संकलन भएसँगै नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा लघुवित्तले ५७ करोड ५९ लाख ४० हजार निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ करोड ३ लाख सापटी लिएर १ अर्ब ३८ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ३४ लाख र सञ्चालन नाफा १ करोड ४ लाख ३५ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले लघुवित्तको नाफा बढेको हो ।
कम्पनीको चुक्ता पूँजी ७ करोड रहेको छ भने जगेडा कोषमा ९ करोड ५६ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात २.८७ प्रतिशत र कोषको लागत ६.२३ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया