सपोर्ट लघुवित्तको खुद नाफा ७० प्रतिशतले घट्यो, पीई ३२३.५३ गुणा

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ६९.९५ प्रतिशतले नाफा घटेको हो । खुद ब्याज आम्दानी घटेपछि लघुवित्तको नाफा घटेको हो ।

बिहीबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको अवधिको तुलनामा लघुवित्तको चुक्ता पूँजी स्थीर रहँदा प्रतिशत, जगेडा कोष १०१ प्रतिशत, निक्षेप ९.४० प्रतिशत, सापटी १०.३५ प्रतिशत, कर्जा लगानी ११.६२ प्रतिशत ले बढेको छ ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.९२ प्रतिशत, सञ्चालन मुनाफा ६९.९६ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ६ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि १९.४२ ले घटेर ८.३५ रुपैयाँमा झरेको छ । लघुवित्तको जगेडा कोषमा ५ करोड ३६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २१ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ४९ लाख रुपैयाँ सापटी परिचालन गरी १ अर्ब ७ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ करोड ७१ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २१ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.८८ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ १८१.३५ रुपैयाँ, कोषको लागत ६.०९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३२३.५३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।