सुनको भाउ पाँच महिना यताकै उच्च: चार दिनमै ३ हजार रुपैयाँ बढ्यो

0
Shares

पछिल्लो चार दिन यता सुनको मूल्यमा ३ हजार रुपैयाँको उच्च वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंको तथ्याङ्क अनुसार पछिल्लो चार दिन यता सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । महासंघका अनुसार यस अवधिमा सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

कार्तिक १८ गते बिहीबार छापावाला सुन तोलाको ९१ हजार रुपैयाँ र तेजावी सुन ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको चार दिन पश्चात अर्थात कार्तिक २५ गते बिहीबार आइपुग्दा सुन तोलामा ३ हजार रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै यस अवधिमा चाँदीको भाउमा पनि तोलामा ४५ रुपैयाँले भाउ महङ्गिएको छ । कार्तिक १८ गते बिहीबार १ हजार २२५ रुपैयाँमा कारोबार भएको सुनको भाउ २५ गते बिहीबार आइपुग्दा १ हजार २७० रुपैयाँ पुगेको हो । तिहारपछिको पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण महासंघले सुनको भाउ निर्धारण गरेको थिएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउमा तोलामा २० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुन ९२ हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज निर्धारण भएको सुनको मूल्य २०७८ जेठ २८ पछिकै सबैभन्दा उच्च मूल्य हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।