न्यादी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

0
Shares

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै कात्तिक २५ गतेगतेदेखि एनएमबि क्यापिटल लिमिटेड मार्फत शेयर रजिष्ट्रार सम्बन्धी कार्य हुनेछ ।

न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरिएकाे थियाे । कार्तिक ५ गते शुक्रबार भएको बाँडफाँडमा २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानीयलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।