हिमालयन डिष्टिलरीको नाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो

0
Shares

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) को खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । कम्पनीको पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि इपिएसमा ३२.२३ रुपैयाँको गिरावट आएको हो ।

अघिल्लो आवको चुक्ता पूँजीको ५० प्रतिशतले पूँजी वृद्धि गरेको कम्पनीको नाफा १२.७० प्रतिशत मात्र बढेपछि इपिएस खुम्चिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९७.४० रुपैयाँमा झरेको छ । अघिल्लो आवको प्रथम त्रैमासमा कम्पनीको वार्षिक इपिएस १२९.६३ रुपैयाँ रहेकोे थियो ।

हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी २६.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड १० लाख ६० हजार पुगेको छ । यस्तै सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ। कम्पनीले २९ करोड ६५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ८६ करोड ७७ लाख २ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ५६.२७ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५५.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.८३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आइतबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।