एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्नुभयो, आज अन्तिम दिन

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को हकप्रद शेयरमा आवेदन दिने आव अन्तिम दिन हो ।

यसअघि बैंकको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिने व्यवस्था रहेकोमा बडा दशैं तथा तिहारको विदाको कारण १५ दिन थप गरिएको थियो ।

बैंकले गत असोज २५ गतेदेखि चुक्ता पूँजीको १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयरमा लगानीकर्ताले कार्तिक २९ गते मंगलबार कार्यालय समयभित्रसम्म मात्र आवेदन दिन पाउनेछन् ।

बैंकको हकप्रदमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस बैंकका शेयरधनीहरुले मेरो शेयरको वेवसाइट, मोबाइल एप तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

यस्तै बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ
बैंकको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।