सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले घट्यो

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।

केही दिन देखि अप्रत्यासी रुपमा निरन्तर बढेको सुनको मूल्य सोमबार सामान्य घटेको हो । अन्तरर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपालमा पनि मूल्य घटेको हो । सोमबार सुन प्रतिऔंस १ हजार ८५७.४६ डलर आसपासमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन तोलाको ९४ हजार ६०० रुपैयाँ, तेजावी सुन ९४ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भउको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।