साहस उर्जा कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण नगरेका संस्थापक शेयरधनी तथा आयोजना प्रभावित स्थानीय बासिन्दा शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
कम्पनीले सोमबार सूचना प्रकाशन गर्दै शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न भनेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल,चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बुटवल र गाछीचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खाता नं अद्यावधिक गरिसकेपछि मात्र आफ्नो शेयर हितग्राही खातामा प्राप्त हुनेछ ।
यस्तै संस्थापक शेयरधनीहरुले भने आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएन मार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्न सक्ने जनाइएको छ ।
साहस उर्जाले आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरेको शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको भन्दै शेयर कारोबार भैसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया