सासो प्यारेण्ट स्टक चल्ला स्वदेशमानै उत्पादन हुने 

0
Shares

क्वालिटी ह्याचरी प्रा.लि. ले मुलुकमानै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातीको प्यारेण्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्राण्ड प्यारेन्ट आयात गरेको छ ।

स्वदेशमानै लोकल प्रजातिको सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेण्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त हुनुका साथै हाल बजारमा स्थानिय स्तरमा बिकास गरिएका लोक प्रजातिको प्यारेण्टबाट भन्दा बढी संख्यामा र गुणस्तरिय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरु लाभान्वित हुने छन् ।

यस क्रममा फ्रान्सको सासोबाट नेपाल आएका उक्त कम्पनीका टेक्निकल डाईरेक्टर डा.एचविन बेलेकले काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी गराए । कम्पनीले २०७९ बैशाख महिनाबाट प्यारेण्ट चल्ला उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।