
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९४ हजार ३०० रुपैयाँ, तेजावी सुन ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया