ब्याजदरको एकरुपताले शेयर लगानीकर्ता उत्साहित, नेप्से साढे २% ले बढ्यो

0
Shares

बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेकै दिन शेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशतले उकालो लागेको छ ।

राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले इन्डस्ट्री एभरेजका आधारमा मुद्दती निक्षेपमा थोरैमात्र ब्याजदर बढाएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।

मंसिर १ गतेदेखि लागू गर्ने गरि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०५% दिने बताएका छन् । कात्तिक महिनामा अधिकांश बैंकहरुले ९.३६% ब्याजदर दिएका थिए । केन्द्रीय बैंकको पछिल्लो निर्देशनअनुसार अघिल्लो महिना कायम औसत ब्याजदरमा १०% भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था छ । सोहीअनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

मंगलबार नेप्से सूचक ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा पुगेको छ । यसदिन २२७ कम्पनीका १ करोड ९३ हजार २२१ कित्ता शेयर ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतकादरले बढेको छ भने ७ कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्ने विजय लघुवित्तको शेयरमूल्य २.३७ प्रतिशते घटेको छ । विजय लघुवित्तले आजै मात्र लाभांश घोषणा गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।