असोज सम्ममा १ लाख २९ हजार ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह

0
Shares

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ असोज मसान्तमा १ खर्ब १९ अर्ब ३५ करोड लगानीमा रहेको जनाएको छ ।

२०७८ असोज मसान्तसम्ममा १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ९८ अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८१ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ३२ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ असोज मसान्तसम्ममा १ अर्ब ५ करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।