पिपुल्स हाइड्रोपावरले आईपीओ जारी गर्ने

0
Shares

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा बिहान साढे ११ बजे आह्वान गरेको वार्षिक साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो ।

सभाको प्रस्तावमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडमा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने (गाभ्ने) सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू सभाबाट पारित हुनेछन् ।

कम्पनीले लमजुङ जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाका लागि आवश्यक लगानी जुटाउन आईपीओ मार्फत आवश्यक स्वःपूँजी पुटाउन लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित दरका कुल ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन गर्न कम्पनीले सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।